बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्प
रेडियो रोल्पा
मंगलबार,२२ श्रावन
बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्प भएको छ । बुढागाउ ३ चविघाट खोलाको बढेर ठुलो भएपछि सवारी साधन आवत जावत अवरुद्ध भएको हो । सवारी साधन नचलेपछि नेर्पा बजारका ब्यापारि तथा स्थानिय बासिन्दालाई समस्यमा परेको छ । यातायात साधन अवरुद्ध हुदा बजारमा दैनिक उपभोग्य सामाग्रीको अभाब हुनुका साथै गाडी भेटाउन नेर्पा बजारबाट एक घन्टा हिडेर जानुपर्ने बाध्यता परेको जुगारबाट टंक विकले जानकारी दिनुभएको छ ।