मुख्य समाचार »
सुचना सन्चार र प्रविधि सम्वन्धी कार्यक्रम रोल्पामा सम्पन्नजिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरणमहिला ससक्तीकरण तथा नेतृत्व विकास सम्वन्धी २ दिने तालिम आजदेखि रोल्पाको लिबाङमा सुरुद्वन्द्वपीडितका लागि १९ करोड ६८ लाख रकम वितरणबर्षायाम शुरु भएयता रोल्पाको जुगारमा सवारी साधन आगमन ठप्प ..बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्पगुणस्तरीय शिक्षा र युवा विकास तथा जिविकोपार्जन कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्नबाल स‌रक्षण नीति सम्बन्धी अनुशिक्षण सम्पन्न ।मानव अधिकार सचेतन केन्द्रद्धारा शैक्षिक सामाग्री वितरण ।रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।
Thursday , 2013 05 23
 
सर्बोच्च अदालतले समेत सन्चारमाध्यमहरुलाई श्रमजिबी पत्रकार ऐन लागु गर्न निर्देशन गरेपनि सन्चारमाध्यमहरुल ऐन कार्यन्वयन नगरेको रोल्पाली सन्चारकर्मीहरुको गुणासो ।

सर्बोच्च अदालतले समेत सन्चारमाध्यमहरुलाई श्रमजिबी पत्रकार ऐन लागु गर्न निर्देशन गरेपनि सन्चारमाध्यमहरुल ऐन कार्यन्वयन नगरेको रोल्पाली सन्चारकर्मीहरुको गुणासो ।

सर्बोच्च अदालतले समेत सन्चारमाध्यमहरुलाई श्रमजिबी पत्रकार ऐन लागु गर्न निर्देशन गरेपनि सन्चारमाध्यमहरुल ऐन कार्यन्वयन नगरेको रोल्पाली सन्चारकर्मीहरुले गुणासो गरेका छन । नेपाल पत्रकार महासङ्घको स्थापना ५७ औ दिवसको अवसरमा आज रोल्पाको लिबाङमा भएको अन्र्तक्रिय कार्यक्रममा सन्चारकर्मीहरुले जनताको हक अधिकारको लागि आफुहरुले कठिन मोलेर पत्रकारीता गर्नुपरेको बताउदै आफुहरुको समस्य समाधानको लागि पत्रकार महासंघले अभिभाबकको भुमिका निर्बाह गर्नुपर्ने बताएका थिए । सन्चारकर्मीहरुले सन्चारमाध्यमहरुले सर्बोच्चको आदेश समेत नमानेकोमा दुख प्रकट गर्दै तत्काल सन्चारमाध्यमहरुको अनुगमन गर्नुपर्ने बताएका थिए । रोल्पाली सन्चारमाध्यमहरुमा एकरुपता नभएको गुणासो गर्दै जनतालाई सुचनाको हकअधिकार प्रदान गर्नु सन्चारमाध्यमको उद्देश्य भएकोले सबै पत्रकार एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । रोल्पामा सन्चालीत सन्चारमाध्यमहरुको अनुगमन गरि समस्य समाधानको लागि पहल गर्न रोल्पाली सन्चारकर्मीहरुले पत्रकार महासंघ लाई आग्रह गरेका छन । यसैविच महासङ्घको सदस्यता प्राप्त गरेका तर सक्रिय नहुनलेलाई सदस्यतामा शुद्धीकरण गर्न समेत महास.घलाई सुझाब दिइएको थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासँघका अध्यक्ष मौसम राका मगरले आज उठेका कुराहरुलाई सम्बोधन गर्दै पत्रकारीता को सदस्यता लिन प्रक्रिया पुराइ आएमा कसैलाई भेदभाव नगरी सदस्यता दिने प्रतिबदता ब्यक्त गर्नु भयो । पत्रकार महांसघ रोल्पाका अध्यक्ष मौसम रोका मगरको अयक्षता तथा उपाध्यक्ष हिरा बहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पत्रकार महासंघका सस्थापक अध्यक्ष काशिराम डागी, निर्बतमान अध्यक्ष खेम बुढा, केनद्रीय पार्षदहरु धनिराम शर्मा, दिनेश शुबेदी, राजेश बुढाथोकी लगाएत अन्य सन्चारमाध्यममा कार्यरत पत्रकार गरि झन्दै १ दर्जन पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन सचिब मानसिंहविकले गर्नुभएको थियो । यसैविच पत्रकारमहासंघ रोल्पाको अगुवाईमा जिल्लाका सन्चारकर्मीहरुले जेठ १४ गते भित्रै शान्ति र सविधान निर्माण गर्न सरकारलाई ज्ञापन पत्र बुझाएको छ । पत्रकार, सन्चारकर्मिहरुले लिबाङ पिपल चौताराबाट शुरु भएको यालिले जिल्ला प्रशासन कार्यलय रोल्पामा पुगेर ज्ञापनपत्र बुझाएको थियो । पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकाले प्रमुख जिल्ला अधिकारि हरि प्रसाद बास्तोलाइ ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो ।




 
अहिले प्रशारण भइरहेको »
Listen Now
कार्यक्रम तालिका» See All
 
 
समाचार र गतिविधि
 
 
 
Advertisement