मुख्य समाचार »
सुचना सन्चार र प्रविधि सम्वन्धी कार्यक्रम रोल्पामा सम्पन्नजिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरणमहिला ससक्तीकरण तथा नेतृत्व विकास सम्वन्धी २ दिने तालिम आजदेखि रोल्पाको लिबाङमा सुरुद्वन्द्वपीडितका लागि १९ करोड ६८ लाख रकम वितरणबर्षायाम शुरु भएयता रोल्पाको जुगारमा सवारी साधन आगमन ठप्प ..बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्पगुणस्तरीय शिक्षा र युवा विकास तथा जिविकोपार्जन कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्नबाल स‌रक्षण नीति सम्बन्धी अनुशिक्षण सम्पन्न ।मानव अधिकार सचेतन केन्द्रद्धारा शैक्षिक सामाग्री वितरण ।रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।
Thursday , 2013 05 23
 
द्वन्द्वपिडितहरुको समस्या हल गर्नको लागि सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्नुपर्ने रोल्पाको लिबाङमा आयोजित एक कार्यक्रमका बक्ताहरुको भनाई

द्वन्द्वपिडितहरुको समस्या हल गर्नको लागि सरकारले सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्नुपर्ने रोल्पाको लिबाङमा आयोजित एक कार्यक्रमका बक्ताहरुको भनाई
रोल्पा, चैत १५


द्वन्द्वपिडितहरुको समस्या हल गर्नको लागि सरकारले रकम खर्चनु भन्दा पनि सत्य निरुपण तथा मेल मिलाप आयोग गठन गर्नुपर्ने रोल्पाको लिबाङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आयोजनामा स्थानीय शान्ति समिति रोल्पासंग शान्ति समिति कञ्चनपुर,डोटी,अछाम, डडेलधुरा, बैतडि र जाजरकोट जिल्लासँग आज लिबाङमा गरीएको अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बाल्ने अधिकांश ब्यक्तिहरुले द्वन्द्वपिडितको बारेमा सरकारले चाडै न्यायपुर्ण निकास दिई उनीहरुको घाउमा मलम लगाउन सघाउनुपर्ने माग गरेका थिए । साथै सहभागिहरुले शान्ति मन्त्रालयले स्थानीय शान्ति समिति र पदाधिकारीहरुलाई खाता सन्चालन देखि अन्य अधिकार पनि दिएमा शान्ति समिति शसक्त रुपमा अगाडि बढन सक्ने बताएका थिए । स्थानीय शान्ति समिति रोल्पाका संयोजक मेघनाथ बिष्टको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी हरि प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय शान्ति समिति कञ्चनपुरका संयोजक गोपीप्रसाद उपाध्याय,डोटीका संयोजक रघुनाथ वोस्ती, अछामका संयोजक मानसिंं माल, बैतडीका संयोजक धनबहादुर बोहरा, जाजरकोटका लयायतले मन्तव्य राख्नुभएको थियो । स्थानीय शान्ति समिति रोल्पाका सदस्य दिनेश सुवेदीको स्वागत मन्तब्य र कार्यालय सचिब गिरिराज महराको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य खेम बहादुर बुढाले स्थानीय शान्ति समिति रोल्पाले गरेका गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।


 
अहिले प्रशारण भइरहेको »
Listen Now
कार्यक्रम तालिका» See All
 
 
समाचार र गतिविधि
 
 
 
Advertisement