मुख्य समाचार »
सुचना सन्चार र प्रविधि सम्वन्धी कार्यक्रम रोल्पामा सम्पन्नजिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरणमहिला ससक्तीकरण तथा नेतृत्व विकास सम्वन्धी २ दिने तालिम आजदेखि रोल्पाको लिबाङमा सुरुद्वन्द्वपीडितका लागि १९ करोड ६८ लाख रकम वितरणबर्षायाम शुरु भएयता रोल्पाको जुगारमा सवारी साधन आगमन ठप्प ..बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्पगुणस्तरीय शिक्षा र युवा विकास तथा जिविकोपार्जन कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्नबाल स‌रक्षण नीति सम्बन्धी अनुशिक्षण सम्पन्न ।मानव अधिकार सचेतन केन्द्रद्धारा शैक्षिक सामाग्री वितरण ।रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।
Sunday , 2013 05 19
 
जातिय छुवाछुतको अवस्था सम्वन्धि अन्तरक्रिया
जातिय छुवाछुतको अवस्था सम्वन्धि अन्तरक्रिया
रोल्पा, माघ १३ गते
जातिय छुवाछुतको अवस्था सम्वन्धि अन्तरक्रिया कार्यक्रम आज रोल्पाको लिवाङमा सम्पन्न भएको छ । व्यवस्थापिका संसद महिला वालवालिका तथा समाजकल्याण समिति अन्तरगत गठित जातिय छुवाछुत तथा भेदभावको समस्या समाधान उपसमितिले सुझाव लिने क्रममा सो अन्तरक्रिया कार्यक्रम गरेको हो । जिल्ला प्रशासन कार्यालय रोल्पाको व्यवस्थापनमा भएको सो कार्यक्रममा उपसमितिका संयोजक सभासद गोविन्द नेपालीले छुवाछुतको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपसमितिका सदस्यहरु सभासद लिला सुव्वा, हिमाकुमारी सुनार र अमिलाल झागडले जातीय छुवाछुतको ऐनका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद वास्तोला, एकीकृत माओवादीका सहइन्चार्ज राजकुमार कक्षपति, नेपाली कांग्रेसका सभापति कृष्णबहादुर घर्तीमगर, एमालेका जिल्ला सदस्य नेपबहादुर वली, प्रहरी नायव उपरीक्षक केदार रजौरे, जिल्ला शिक्षा अधिकारी दिनेश खनाल, इन्जिनिएर हरि मल्ल, पत्रकार मानसिंह विक, कविता उपाध्याय, धनीराम शर्मा, दलित नेता मोहन परियार, कर्मलाल परियार लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कार्यालय प्रमुख, संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाज, मानवअधिकारकर्मि, दलित समुदायका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन उपसमितिका संयोजक गोविन्द नेपालीले गर्नुभएको थियो भने संचालन शाखा अधिकृत बिमला घिमिरेले गर्नुभएको थियो ।
 
अहिले प्रशारण भइरहेको »
Listen Now
कार्यक्रम तालिका» See All
 
 
समाचार र गतिविधि
 
 
 
Advertisement