मुख्य समाचार »
सुचना सन्चार र प्रविधि सम्वन्धी कार्यक्रम रोल्पामा सम्पन्नजिल्ला बाल संगठन समिति रोल्पाद्धारा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति तथा शैक्षिक सहयोग सामग्री वितरणमहिला ससक्तीकरण तथा नेतृत्व विकास सम्वन्धी २ दिने तालिम आजदेखि रोल्पाको लिबाङमा सुरुद्वन्द्वपीडितका लागि १९ करोड ६८ लाख रकम वितरणबर्षायाम शुरु भएयता रोल्पाको जुगारमा सवारी साधन आगमन ठप्प ..बर्षायाम शुरु भएयता रोल्पाको जुगारमा रहेको नेर्पा बजारमा सवारी साधन आगमन ठप्पगुणस्तरीय शिक्षा र युवा विकास तथा जिविकोपार्जन कार्यक्रमको अर्धवार्षिक समिक्षा सम्पन्नबाल स‌रक्षण नीति सम्बन्धी अनुशिक्षण सम्पन्न ।मानव अधिकार सचेतन केन्द्रद्धारा शैक्षिक सामाग्री वितरण ।रेडियो रोल्पाको पाचैा बार्षिकोत्सव सम्पन्न ।
Monday , 2013 05 20
 
प्यूठानको किमिचौरमा आगलागी हुदा १० घरगोठ जलेर नष्ट

प्यूठानको किमिचौरमा आगलागी हुदा १० घरगोठ जलेर नष्ट

रोल्पा, माघ १३ गते
प्यूठानको भिंग्री ९ किमिचौरमा आज बेलुकी आगलागी हुदा १० घरगोठ भन्दा बढी जलेका छन् । एक घरबाट एक्कासी लागेको आगोले गाउँमा रहेका अन्य १० घरगोठ समेत जलेर नष्ट हुदा करिव ८० लाख बराबरको क्षति भएको स्थानीय युवा गिरबहादुर घर्तीले जानकारी दिनुभएको छ । आज बेलुकी ४ वजेतिर लागेको आगो स्थानीयवासी, प्रहरी र नेपाली सेनाको पहलमा बेलुकी ७ वजेसम्म नियन्त्रण लिएका थिए । स्थानीय देवबहादुर घर्ति, सुखराम घर्ति, शषिराम घर्ति, लंकबहादुर घर्ति, धनबहादुर घर्ति, जीवलाल घर्ति, जोखबहादुर घर्ति लगायतको घर जलेर नष्ट भएको बताइएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडाकुडा लगायतका गाईभैसी, बाख्रा समेत जलेका छन् । नजिकै रहेको रोल्पाको खुंग्रीको चतुर्भूजमा श्री पञ्चमीको अवसरमा लाग्ने मेलाको तयारीमा रहेका स्थानीयवासीको घरगोठ जलेर नष्ट भई घरबारविहीन भएपछि आगलागी पीडित परिवार विचल्लीमा परेका छन् ।
 
अहिले प्रशारण भइरहेको »
Listen Now
कार्यक्रम तालिका» See All
 
 
समाचार र गतिविधि
 
 
 
Advertisement