स्थानीय शान्ति समितिप्रति हस्तक्षेप गर्न खोजे भन्दै दुःख व्यक्त
रोल्पा । माघ ८ गते
स्थानीय शान्ति समिति रोल्पाले समितिको सदस्यको रुपमा रहेको राप्रपा नेपालले संयोजक र समितिमा हस्तक्षेप गर्न खोजेको भन्दै दुःख व्यक्त गरेको छ । समितिका संयोजक मेघनाथ विष्टले ०६८ माघ ८ गते एक विज्ञप्ती जारी गरी
राप्रपा नेपालको विज्ञप्ती र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद बास्तोलाप्रति लगाईएको आरोपबाट भ्रममा नपर्न आग्रह गरिएको छ ।
समितिको संयोजक चयनप्रति समितिमा प्रतिनिधित्व गरेको दल रा.प्र.पा नेपालले पुस २७ गते बिज्ञप्ती निकाली प्रमुख जिल्ला अधिकारी लगायत समितिका केहि सदस्यहरुले मनोमानी रुपमा निर्णय गरेको भनी अभिब्यक्तिसहितको विज्ञप्तीप्रति ध्यानाकर्षण भएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । ०६८ पुस २६ गते बसेको स्थानीय शान्ति समिति रोल्पाको पदाधिकारी बैठकले “स्थानीय शान्ति समितिको कार्यक्षेत्रगत शर्तहरु,२०६५” को धारा ३ ङ को उपनियम ५ बमोजिम समितिको संयोजकमा समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका निबर्तमान सचिब मेघनाथ विष्टलाई २०६८ माघ १ गतेदेखि लागु हुने गरी संयोजकमा सर्बसम्मति रुपमा चयन गरिएको थियो ।
शान्ति समितिको संयोजक सहमतिअनुसार ६६ महिनामा फेरबदल गरीने निर्देशिका अनुसार यो भन्दा पहिले पनि संयोजक चयनमा केहि विवाद देखिदा मिति २०६८।३।२९ गते जिल्ला स्थित क्रियाशिल राजनितिक दलका शिर्ष नेताहरु, प्रमुख जिल्ला अधिकारी, राप्रपा नेपाल रोल्पाका अध्यक्ष टीकाबहादुर वली समेतको उपस्थितीमा बसेको बैठकले सर्बसम्मतिबाट राप्रपाका प्रतिनिधि रुमादेबी गौतमलाई संयोजकमा चयन गरीएको र उहाँको कार्यअवधि सकिएपछि समितिमा रहनुभएका राप्रपा नेपालका प्रतिनिधि केशरबहादुर पुन र सबैको सहमति र हस्ताक्षरबाटै राजमोलाई ६ महिनाको लागी संयोजकको पालो दिने भनी निर्णय भएको स्थानीय शान्ति समितिले जनाकारी दिएको छ ।
स्थानीय शान्ति समिति गाउँ, समाज र जिल्लामा खलबलिएको शान्ति सुरक्षालाई व्यबस्थित गरी स्थायी शान्ति स्थापना गराउन क्रियाशिल रहने स्वायत्त निकाय भएको भन्दै जिल्लामा शान्ति सुरक्षाको अवस्था दयनीय भएकोले नागरिकहरु आफै पनि सचेत भएर हिड्न र सुरक्षा निकायले पनि यस्ता खालका घटनाहरुलाई गम्भिरताका साथ लिन पनि शान्ति समितिको विज्ञप्तीमा भनिएको छ ।